Nov 19 2026 | २०८३, मंसिर ४ गते

२०८३, मंसिर ४ गते
  • यो साता चर्चामा :
images

नयाँ चिनियाँ राजदूत सोङ अर्को साता मात्रै आउने

नयाँ चिनियाँ राजदूत सोङ अर्को साता मात्रै आउने

  • बुधवार, पौष ६ २०७९

  • 303
    SHARES

  • नयाँ चिनियाँ राजदूत सोङ अर्को साता मात्रै आउने

    काठमाडौँ । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन् सोङ अर्को साता काठमाडौं आउने भएका छन्। परराष्ट्र स्रोतका अनुसार चीन सरकारले राजदूत पदमा नियुक्त गरेपछि कूटनीतिज्ञ छन् पुस ११ गते आउन लागेका हुन्।

    छन् अहिले चीनको विदेश मन्त्रालयको एसिया मामिला विभागका उपमहानिर्देशकको रुपमा कार्यरत छन्। छन्ले नेपालसहित दक्षिण एसियाली मुलुकहरू हेर्दै आइरहेका छन् । चीनले नेपाललाई प्राथमिकता राख्दै आएको छ।

    नेपालका लाति निवर्तमान चिनियाँ राजदूत होउ यान्छी दुई महिना अघि फर्किएपछि राजदूतका रुपमा छन् आउन लागेका हुन् ।

    नयाँ राजदूत छन् नेपालसहित दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) अन्तर्गतका मुलुकलाई नजिकबाट नियालिरहेका कूटनीतिज्ञ हुन्।

     


    बुधवार, पौष ६ २०७९०४:०५:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij