Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

भारतमा एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित थपिए

भारतमा एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित थपिए

  • शुक्रवार, भाद्र २६ २०७७

  • 1.6K
    SHARES

  • भारतमा एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित थपिए

    भारतमा एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमण देखिएको छ। पछिल्लो २४ घन्टामा ९६ हजार पाँच सय ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

    देशभरि संक्रमितको संख्या ४५ लाख ६२ हजार चार सय १५ पुगेको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
    संक्रमितमध्ये ३५ लाख ४२ हजार ६ सय ६४ जना भने निको भइसकेका छन् । हाल नौ लाख ४३ हजार चार सय ८० जना संक्रमित अवस्थामा छन्।

    भारतमा अहिलेसम्म कोरोना संक्रमणबाट ७६ हजार दुई सय ७१ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्। पछिल्लो २४ घण्टामा १ हजार २१३ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ७६ हजार ३०४ पुगेको  छ । भारतमा सबैभन्दा बढी महाराष्ट्र प्रदेशमा संक्रमणको प्रभाव देखिएको छ। महाराष्ट्र प्रदेशमा मात्रै अहिले पनि दुई लाख ५३ हजार एक सयजना सक्रिय संक्रमित छन्।

    महाराष्ट्रमा अहिलेसम्म ६ लाख ८६ हजार चार सय ६२ जना संक्रमित भइसकेका छन्। त्यहाँ २७ हजार सात सय ८७ जनाको कोरोनाकै कारण मृत्यु भएको छ। त्यसैगरी दोस्रो धेरै प्रभावित भएको आन्द्र प्रदेशमा ९७ हजार दुई सय ७१ जना अझै पनि संक्रमित छन्। यस प्रदेशमा अहिलेसम्म कुल चार लाख २५ हजार ६ सय सातजना संक्रमित भएको र चार हजार ६ सय ३४ जनाको मृत्यु भएको छ।


    शुक्रवार, भाद्र २६ २०७७०३:०१:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij