डोटीको पूर्वीचौकी गाउँपालिका–१ शान्तिनगरमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । भारतबाट रोजगारी गरी घर फर्किँदै गरेका अछामको मल्लेक गाउँपालिकाका स्थानीयवासी चढेको से १ ज १०६६ नम्बरको जिप आज बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार मल्लेक–६ सोडसाका ४८ वर्षीय दानसिंह टमटा र सोही गाउँपालिका नुवाघरका ३४ वर्षीया कमला खड्काको अवस्था गम्भीर रहेको छ । उनिहरुलाई थप उपचारका लागि कैलाली पठाउने तयारी भएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।
दुर्घटनामा परी घाइते भएकालाई उपचारका लागि जिल्ला अस्पताल डोटी पठाइएको प्रहरी निरीक्षक बोहराले जानकारी दिनुभएको छ ।