Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

रवि लामिछानेले दिए सांसदहरुलाई कडा निर्देशन

रवि लामिछानेले दिए सांसदहरुलाई कडा निर्देशन

  • सोमवार, पौष ४ २०७९

  • 651
    SHARES

  • रवि लामिछानेले दिए सांसदहरुलाई कडा निर्देशन

    काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको बुढानिलकण्ठमा आवासीय बैठक राखिएको छ ।

    सोमबार विहानदेखि बुढानिलकण्ठको होटल पबेरामा राखिएको बैठक भोलि मात्रै सकिने भएको हो । संसदीय दलको नेतामा लामिछाने चयन भएपछि सांसदहरूलाई जथाभाबी नबोल्न निर्देशन दिनुभएको छ । ‘हामी संसदमा नयाँ पाटी हौं । सबै नयाँ सांसदपनि हौं । धेरै विषयहरू हाम्रा लागि नयाँ छन्’ लामिछानेको ब्रिफिङबारे बताउँदै एक सांसदले भन्नुभयो,‘तपाईहरु मिडिया लगायत सार्वजनिक ठाउँमा बोल्दा जिम्मेवार पूर्वक बोल्नुस् पदको गरिमा राखेर बोल्नुस् ।’ पार्टी र सरकारमा जाने विषयमा पार्टीको लाइन भन्दा बाहिर नबोल्न लामिछानेले निर्देशन दिनुभएको छ ।

    ‘हाम्रो पार्टीका विषयमा धेरैलाई जिज्ञासा छ । धेरैलाई कौतुहलता छ । हामीले धेरै विषयमा व्यवस्थित गर्नुपर्ने छ’ लामिछानेले भन्नुभयो, ‘पार्टीले गरेको निर्णयभन्दा बाहिर मनमा लागेका नबोल्नुहोला । जति पार्टीले निर्णय भएको त्यति मात्रै बोल्नुपर्छ ।’ पार्टीमा विवाद आउने कुनैपनि विषय नउठाउन लामिछानेले निर्देशन दिनुभएको छ।

    लामिछाने नेतृत्वको पार्टीको आवासीय बैठकमा संसदीय प्रक्रिया, संसद्को भूमिका, कानुन, पार्टीले लिने लाइन र योजनाका विषयमा ब्रिफिङ गराइने भएको छ ।


    सोमवार, पौष ४ २०७९०५:२६:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij