Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

काँग्रेस नेता बस्यालद्धारा मातापिताको स्मृतिमा अक्षयकोष स्थापना

काँग्रेस नेता बस्यालद्धारा मातापिताको स्मृतिमा अक्षयकोष स्थापना

  • शुक्रवार, भाद्र २६ २०७७

  • 3.0K
    SHARES

  • काँग्रेस नेता बस्यालद्धारा मातापिताको स्मृतिमा अक्षयकोष स्थापना

    काठमाडौं । नेपाली काँग्रेसका नेता तथा पाल्पा काठमाडौ सम्पर्क समितिका अध्यक्ष खिमानन्द बस्यालले आफ्ना माता पिताको स्मृतिमा अक्षयकोषको स्थापना गर्ने घोषणा गर्नु भएको छ ।

    पिता चोपलाल बस्यालको निधन भएको १२औँ दिनको पुण्य तिथी पारेर उहाँले हिजो अक्षयकोष स्थापना गर्ने घोषणा गर्नुभएको हो ।
    उहाँले आफ्नो जन्मस्थल पाल्पाको तानसेन नगरपालिका वडा नं. ६ बर्तुङमा रहेको जनप्रिय मा.वि. मा दुई लाख रुपैयाको अक्षय कोष स्थापना गर्न लाग्नु भएको हो ।

    कोष स्थापनाको घोषण गर्दै उहाँले भन्नुभएको छ, “सम्पूर्ण मानव जगतको कल्याण गर्नुनै सबैभन्दा ठुलो धर्म हो भन्ने मेरा पिताजीको अनुसरणबाट प्रेरित भएर हामीले पनि स्व. बुवा आमाको स्मृति कोषको स्थापना गरी केही बिद्यार्थीहरुलाई अनवरत रुपमा शिक्षाको ज्योतीद्वारा सहयोग पु¥याउन सकियोस् भन्ने उद्धेश्यले यो कोषको स्थापना गरेका हौँ ।”

    चोपलाल सुमित्रा स्मृति कोषको रुपमा सञ्चालन हुने अक्षयकोषबाट हरेक बर्ष त्यस विद्यालयका विद्यार्थीहरुलाई निश्चित मापदण्ड बनाएर पुरस्कृत गर्ने योजना रहेको उहाँले बताउनु भयो ।

    नेता बस्यालका पिता चोपलाल बस्यालको यही भदौ १४ गते ७७ बर्षको उमेरमा निधन भएको थियो भने माता सुमित्रा बस्यालको २०७४ पौष २८ गते ७२ बर्षको उमेरमा निधन भएको थियो । काठमाडौको लोकन्थलीमा बस्दै आउनु भएका नेता बस्याल राजनीतिसँगै विभिन्न व्यवसायमा संलग्न हुनुहुन्छ ।

     

     

     


    शुक्रवार, भाद्र २६ २०७७०९:२२:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij