Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

कांग्रेसबाट निर्वाचित सांसदलाई बालुवाटारमा चियापान

कांग्रेसबाट निर्वाचित सांसदलाई बालुवाटारमा चियापान

  • शनिवार, पौष २ २०७९

  • 523
    SHARES

  • कांग्रेसबाट निर्वाचित सांसदलाई बालुवाटारमा चियापान

    काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको चियापानका कार्यक्रम सुरु भएको छ।

    प्रधानमन्त्री देउवले बालुवाटारमा ३ बजे नवनिर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना दिन चियापान कार्यक्रम आयोजना गर्नुभएको हो ।

    गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी कूल ८९ सिट जितेर संघीय संसद्को सबैभन्दा ठूलो दल बनेको छ।

    सबैभन्दा ठूलो दलको हैसियतमा कांग्रेसले आफ्नै नेतृत्वमा पाँच दलीय सत्ता गठबन्धनको नयाँ सरकार गठनका लागि कसरतमा छ।

    निर्वाचन आयोगले बुधबार निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरी बिहीबार राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठनको चर्चा सुरु भएको छ।


    शनिवार, पौष २ २०७९०४:२७:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij