Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

अन्यौलमा परेको नेकपा स्थायी कमिटी बैठक आज बस्दै, यस्तो छ तयारी

अन्यौलमा परेको नेकपा स्थायी कमिटी बैठक आज बस्दै, यस्तो छ तयारी

  • शुक्रवार, भाद्र २६ २०७७

  • 933
    SHARES

  • अन्यौलमा परेको नेकपा स्थायी कमिटी बैठक आज बस्दै, यस्तो छ तयारी

    काठमाडौं।  झण्डै अढाई महिना अगाडि शुरु भएको नेकपास्थायी कमिटीको बैठक आज बस्न लागेको छ । असार १० बाट सुरु भएको स्थायी कमिटी बैठकमा पार्टी भित्रको विवाद चर्किदै गएपछि केही दिन बसेर साउन १३ गते स्थगित भएको थियो ।

    झण्डै डेढ महिनापछि आज फेरी बस्न लागेको बैठक आजै अन्त्य गरिने तयारी भइरहेको नेताहरुले जानकारी दिएका छन् । बैठकमा बोल्ने क्रममा शिर्ष नेताहरुले र कतिपय असन्तुष्ट नेताहरुले नै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनु पर्ने माग राखेपछि उहाँले बैठक नै बहिस्कार गर्नु भएको थियो ।

    पटक पटकको बैठकमा उहाँ अनुपस्थीत भएपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो । अहिले पनि शिर्ष नेताहरुका बीचमा असन्तुष्टि बाँकी नै रहेकाले आज सामान्य छलफल गराएर बैठक अन्त्य गर्ने तयारी भएको हो ।

    बैठक चाडो सम्पन्न गर्नका लागि दुई पार्टीको कार्यदललेतयार पारेको सहमतिको खाका स्थायी कमिटी सदस्यहरूलाई दुई दिनअघि नै पठाइएको छ।

    महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदनलाई प्रस्तावका रूपमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेस गर्ने र त्यसमाथि छलफल गरेर बैठक अन्त्य गर्ने जनाइएको छ ।

    कतिपय नेताहरुले भने एकैदिनमा प्रतिवेदनमाथी छलफल गर्न नसकिने भएकाले केही दिन छलफल चलाउनु पर्नेमा जोड दिएका छन् ।
    अध्यक्षद्धय ओली र प्रचण्डले कोरोना संक्रमणको जोखिमका कारण उहाँहरुले पेश गरेको प्रस्तावमाथि बाकी छलफल सचिवालयमै गर्नेगरी स्थायी कमिटि बैठक टुंग्याउने तयारी भएको छ ।

    पार्टीको आन्तरिक जीवनमा उत्पन्न समस्याका सम्बन्धमा छलफल गरी समाधानका लागि सुझाव दिन गत साउन ३० गते महासचिव पौडेल संयोजकत्वमा स्थायी कमिटीका सदस्यहरू जनार्दन शर्मा, पम्फा भुसाल, भीमबहादुर रावल, शंकर पोख्रेल र सुरेन्द्र पाण्डे सदस्य रहेको कार्यदल गठन भएको थियो।

    कार्यदलल पार्टीमा विधि–पद्धति स्थापित गर्नुपर्ने, गुटबन्दी र अनुशासनहीनता अन्त्य गर्न तथा नेता–कार्यकर्ता एवं जनप्रतिनिधिहरूको कार्यशैली र जीवनशैलीलाई मार्गदर्शन गर्न विगतमा बनाइएको आचारसंहितालाई परिमार्जन गरी कडाइसाथ लागु गर्नुपर्ने, सबैले पारदर्शी र जवाफदेही जीवनशैली अपनाउनुपर्ने र सबैलाई आफ्नो आचरण तथा कामप्रति जवाफदेही बनाउनुपर्ने लगायत सुझाव दिएको थियो।

    कार्यदलले तत्काल ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट राजीनामा दिनुनपर्ने तथा अर्का अध्यक्षलाई कार्यकारी अधिकारसहितको जिम्मेवारीको व्याख्या गरेको थियो।

     


    शुक्रवार, भाद्र २६ २०७७०८:२६:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij