Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

माओवादीको नेतृत्वमा सरकार बन्नुपर्छ : देव गुरुङ

माओवादीको नेतृत्वमा सरकार बन्नुपर्छ : देव गुरुङ

  • शुक्रवार, पौष १ २०७९

  • 706
    SHARES

  • माओवादीको नेतृत्वमा सरकार बन्नुपर्छ : देव गुरुङ

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले चुनावको परिणामले दल र राज्य प्रणालीमाथि प्रश्न उठेको बताउनुभएको छ ।

    चुनावको परिणामले दलहरुबीच द्वन्द्व र अविश्वास बढाउन सक्ने बताउँदै गुरुङले दलहरुबीच समझदारी आवश्यक रहेको बताउनुभयो।

    काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै गुरुङले दलहरुबीच आपसमा समझदारी नभए देश अफगानिस्तान र युक्रेनको बाटोमा जाने बताउनुभयो । “अहिलेको चुनावले केही नयाँ संकेत गरेको छ, नयाँ दलहरुको मिसन र भिजन प्रष्ट भइसकेको छैन । उनीहरु कतातिरको बाटोमा हिँड्ने हुन् हेर्न बाँकी छ तरपनि प्रणालीमाथि केही प्रश्न उठेका छन् । दल र नेताहरुले गम्भीरतापूर्वक त्यसको जवाफ नदिए देश अफगानिस्तान र युक्रेन नहोला भन्न सकिँदैन” गुरुङले भन्नुभयो ।

    राष्ट्रिय स्वधिनताको सवाल गम्भीर भएर आएको भन्दै त्यसमा प्रतिवद्धताका आधारमा गुरुङले आफूहरुको सहकार्य हुने बताउनुभयो। महासचिव गुरुङले देशको अभिभावक तथा अहिलेको परिवर्तनको संवाहक जनयुद्ध र जनआन्दोलनको नेतृत्वकर्ता दल र नेताहरु भएको बताउनुभयो । उहाँले शान्ति प्रक्रियामार्फत अहिलेको अवस्थामा दलहरु पुगेको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “जनयुद्ध र जनआन्दोलनको नेतृत्वकर्ता दलहरु देशका अभिभावक हुन् । मुख्यगरी विचार र सिद्धान्त र अहिलेको परितर्वनको हिसाबले माओवादी देशको अभिभावक हो । यो जिम्मेवारीबाट पछि हट्नु हुँदैन । शान्तिप्रक्रियाका हस्ताक्षरकर्ता भएकोले प्रचण्डले अबको सरकारको नेतृत्व गर्नुपर्छ ।”

    विश्वमै कम्युनिस्ट आन्दोलन कमजोर भएको बेला नेपालमा त्यसको प्रभाव चुनावमा पनि देखिएको गुरुङले बताउनुभयो। उहाँले आफूहरुले नयाँ परिस्थितिमा पार्टी निर्माण र जनतासँग जोडिने विषयमा कमजोरीका कारण चुनावको परिणाम आएको बताउनुभयो । पार्टीले चुनावको गम्भीर समिक्षा गरेर अगाडि बढ्ने बताउनुभयो ।

    कार्यक्रममा हुम्लाबाट हालै सम्पन्न निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा सदस्य छिरिङ डम्डुल लामा, प्रदेशसभा सदस्य रणसिंह परियार, जुम्कित लामा कार्की विजया बोहोरा र प्रदेशसभा सदस्य कलबहादुर हमाललाई बधाई तथा सम्मान गरिएको थियो ।


    शुक्रवार, पौष १ २०७९०४:२१:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij