नेपालीका नातेदार सुगा जापानका नयाँ प्रधानमन्त्री बन्ने
नेपालीका नातेदार सुगा जापानका नयाँ प्रधानमन्त्री बन्ने
शुक्रवार, भाद्र २६ २०७७
2.1K
SHARES
आगामी हप्ता जापानले नयाँ प्रधानमन्त्रीका रुपमा लिबरल डेमोक्रयाटिक पार्टीका योशिहिदे सुगालाई प्राप्त गर्ने प्रवल सम्भावना देखिएको छ । बर्तमान प्रधानमन्त्री सीन्जो आवेका बिश्वासपात्रका रुपमा रहेका सुगाले पछिल्लो सर्बेक्षणमा पार्टीका दुइ तिहाइ नेताको समर्थन पाउने देखाएको छ ।
सफल प्रधानमन्त्रीका रुपमा सीन्जो अवेले स्वास्थका कारण पद छाड्ने निर्णय गरेपछि नयाँ प्रधानमन्त्रिको लागि दलमा नयाँ नेतृत्वको चयन प्रकृया अगाडि बढेको हो । सेप्टम्बर १६ मा जापानमा नयाँ प्रधानमन्त्रीको घोषणा हुने कार्यक्रम रहेको छ । स्थानिय प्रत्रिका क्योदोले गरेको एक सर्वेक्षणमा प्रधानमन्त्रीको दौडमा रहेका फुमियो किसिदा ,पुर्व रक्षामन्त्री सिगेरु इसिवालाई पछाडि छाड्दै सुगा अगाडि देखिएका हुन ।
भारतसँंगको रोटि बेटीका सम्वन्ध भनेझै सुगा जापानका नया प्रधानमन्त्री भए नेपालीका लागि पनि खुसीको खबर बन्ने छ । सुगा जापानमा रहेका नेपाली ब्यबसायी तथा एनआरएनका निर्वतमान अध्यक्ष भवन भट्टका काका ससुरा पर्दछन । यस बिषयमा भट्टसँंग कुराकानी गर्दा उनले भने ,आगामी हप्ता हुने लिबरल डमोक्रयाटिक पार्टीको चुनाबमा सुगाले जित्नु महत्वपुर्ण घटनाक्रम बन्नसक्ने बताए ।
जापानजस्तो शक्तीशाली देशको प्रधानमन्त्री एउटा नेपालीको नाता गोतामा पर्नु आफैमा पनि महत्वको बिषय बन्न सक्छ । सुगा श्रीमती मियको भट्टकी नाताले काका पर्ने ब्यक्ती हुन ।