Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

अध्यादेशबारे राष्ट्रिय मानवअधिकार आयोगद्वारा सरकारको जवाफ माग

अध्यादेशबारे राष्ट्रिय मानवअधिकार आयोगद्वारा सरकारको जवाफ माग

  • सोमवार, मंसिर २६ २०७९

  • 608
    SHARES

  • अध्यादेशबारे राष्ट्रिय मानवअधिकार आयोगद्वारा सरकारको जवाफ माग

    काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले फौजदारी कार्यविधि संहितामा संशोधन गर्न लागिएको विषयमा सरकारको जवाफ माग गरेको छ ।

    मन्त्रिपरिषद्को आइतबार बसेको भनिएको बैठकले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ मा भएको प्रावधानलाई संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको सन्दर्भमा आयोगले सरकारको जवाफ माग गर्दै पत्राचार गरेको छ ।

    ‘उक्त अध्यादेशबाट विद्यमान ऐनमा भएको व्यवस्थालाई संशोधन गरी मुद्दा फिर्ता लिन सहज हुने भनी विभिन्न सञ्चारमाध्यममा प्रकाशित र प्रशारित समाचारहरुप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ । आयोगले यस सम्बन्धमा यथार्थ विवरण माग गर्दै आज नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेको छ’, प्रवक्ता टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    मन्त्रिपरिषदले टिकापुर घटनामा दोषी करार रेशम चौधरी लगायतलाई रिहा गर्ने योजनाका साथ मुलुकी फौजदारी संहिता संशोधनका लागि अध्यादेश ल्याउने निर्णय गरेपछि सरोकारवाला तरंगित बनेका छन् ।


    सोमवार, मंसिर २६ २०७९०५:०५:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij