Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

सरकारले ल्याएको अध्यादेशप्रति एमालेको आपत्ति

सरकारले ल्याएको अध्यादेशप्रति एमालेको आपत्ति

  • सोमवार, मंसिर २६ २०७९

  • 600
    SHARES

  • सरकारले ल्याएको अध्यादेशप्रति एमालेको आपत्ति

    काठमाडौं । नेकपा (एमाले)ले राष्ट्रिय उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी लगायतलाई उन्मुक्ति दिनेगरी सरकारले ल्याएको अध्यादेशको विरोध गरेको छ ।

    सो पार्टीका उपमहासचिव विष्णु रिमालले आजीवन कारावासको सजाय भोगिरहेका चौधरीसहितका नेता, कार्यकर्ताको रिहाइ गर्नेगरी सरकारले ल्याएको अध्यादेश गलत रहेको प्रतिक्रिया दिनुभयो ।

    राजनीतिलाई अपराधिकरण गर्ने र अपराधलाई राजनीतिकरण गर्न सकिन्छ भन्ने दृष्टान्तसहित काम चलाउ सरकारले विधेयकमार्फत शासन गर्छु भन्नु नै गलत भएको उहाँको टिप्पणी थियो । उपमहासचिव रिमालले काम चलाउ सरकारलाई कुनै पनि खालको अध्यादेश ल्याउने अधिकार नै नभएको तर्क समेत गर्नुभयो।

    उहाँले नयाँ सांसदहरु चुनिएर आएकाले वर्तमान सरकारले मुलुकमा दूरगामी महत्वको कुनै पनि काम गर्न नमिल्ने जिकिर गर्नुभयो। एमालेलाई हराउँदा प्रतिगमन हराएको भन्नेहरूले नै संविधानको भावनामा असर पुग्ने गरी यो काम गर्न नहुने उहाँको भनाइ छ ।

    उपमहासचिव रिमालले जेलभित्र रहेका राजनीतिक बन्दीलाई रिहाइ गर्ने नाममा इँट्टाभट्टामा मान्छे मारेको आरोप लागेका काँग्रेस नेता मोहम्मद अफ्ताव आलमलाई पनि आम माफी दिन सो अध्यादेश ल्याउन सरकार लागि परेको शंका व्यक्त गर्नुभयो ।


    सोमवार, मंसिर २६ २०७९०४:४५:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij