काठमाडौं । संघीय संसद्का महासचिव भरतराज गौतमले चोलेन्द्र शमशेर जबराको महाभियोग निष्प्रभावी गराएको बारे सर्वोच्च प्रशासनले सोधेको प्रश्नको जवाफी पत्र पठाउनुभएको छ । तर पत्रमा उहाँले स्पष्ट जवाफ दिनुभएको छैन ।
पूर्ण इजलासले यो विषयमा कारण देखाऊ आदेश जारी गरेकाले उक्त जवाफसँगै प्रशासनको पत्रको जवाफ पनि दिने गौतमले बताउनुभएको छ । ’सोही विषयमा संवैधानिक इजलासले कारण देखाऊ आदेश जारी गरेकाले पूर्ण इजलासको प्रश्नको रेस्पोन्स गरेको छु । यसको जवाफ कारण देखाऊ आदेशको जवाफसँगै दिने तयारीमा छु,’ आज गौतमले सर्वोच्च प्रशासनलाई पत्र पठाएपछि प्रतिक्रिया दिनुभयो ।
गौतमले गत बुधबार सर्वोच्च अदालतका रजिस्ट्रार नारायणप्रसाद रेग्मीले सोध्नुभएको प्रश्नको आज पत्र पठाउँदै ’रेस्पोन्स’ गर्नुभएको हो । महासचिव गौतमले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग निष्प्रभावी भएको भन्दै सर्वोच्चलाई पत्र पठाएपछि संवैधानिक इजलासले उहाँमाथि कारण देखाऊ आदेश जारी गरेको थियो ।