Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

जनतालाई फकाउन पनि सक्नुपर्छः माधवकुमार नेपाल

जनतालाई फकाउन पनि सक्नुपर्छः माधवकुमार नेपाल

  • शनिवार, मंसिर २४ २०७९

  • 495
    SHARES

  • जनतालाई फकाउन पनि सक्नुपर्छः माधवकुमार नेपाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनताले मन पराएका छैनन् भने नेताहरुले फकाउन पनि सक्नुपर्ने बताउनुभएको छ । उहाँले जनतालाई फकाउने, जनतालाई साथमा लिने, जनताको पीडालाई सम्बोधन गर्ने हो भने जनतालाई पुग्ने बताउनुभयो ।

    भक्तपुरमा आज आयोजित कार्यक्रममा अध्यक्ष नेपालले भन्नुभयो, ‘जनताको पनि असम्भव मागहरु कमै हुन्छन्। त्यसैले जनतासँग एकाकार हुने कुरा महत्त्वपूर्ण कुरा हो।’

    उहाँले समाजमा नकारात्मकता बढिरहेको बताउनुभयो । ‘यो नकारात्मकताबाट समाजलाई मुक्त गर्नुपर्छ। सकारात्मकतालाई अगाडि बढाऔं। सकारात्मक कुराहरुलाई प्रोत्साहन दिऔं। अघि बढ्नका लागि हौसला दिऔं। उत्साह दिऔं’, उहाँले भन्नुभयो ।

    उहाँले नेताहरुले जनतालाई आश्वासन दिँदा पनि गाह्रो हुने बताउनुभएको छ ।


    शनिवार, मंसिर २४ २०७९०२:२६:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij