Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

प्रचण्ड, बाबुराम र रामचन्द्रबीच भेटवार्ता, के भयो कुराकानी ?

प्रचण्ड, बाबुराम र रामचन्द्रबीच भेटवार्ता, के भयो कुराकानी ?

  • शुक्रवार, मंसिर २३ २०७९

  • 642
    SHARES

  • प्रचण्ड, बाबुराम र रामचन्द्रबीच भेटवार्ता, के भयो कुराकानी ?

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।

    सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा उनीहरुबीच भेटवार्ता भएको हो ।

    भेटमा समसामयिक राजनीतिक परिस्थिति, निर्वाचन परिणाम र नयाँ सरकार गठनका बारेमा कुराकानी भएको थियो ।

    उक्त भेटमा नेसपाका नेता महेन्द्रराय यादव पनि सहभागी हुनुहुन्थ्यो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको सम्पूर्ण नतिजा आइसकेको छ ।

    समानुपातिकतर्फ पनि सांसद छनोटको अन्तिम तयारी छ । यतिबेला दलहरु नयाँ सरकार गठनको तयारीमा जुटेका छन् ।


    शुक्रवार, मंसिर २३ २०७९०३:२१:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij