Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

एमाले प्रतिपक्षमा बस्छः विष्णु पौडेल

एमाले प्रतिपक्षमा बस्छः विष्णु पौडेल

‘गठबन्धनसित पनि बहुमत त छैन तर टुक्राटुक्री जोडेर उसैले सरकार बनाओस् । हामी हेर्छौं ।’
  • शुक्रवार, मंसिर २३ २०७९

  • 368
    SHARES

  • एमाले प्रतिपक्षमा बस्छः विष्णु पौडेल

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमाले सरकारमा जाने योजनामा नरहेको बताउनुभएको छ । बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले एमालेले जनमतको सम्मान गर्दै सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभयो ।

    ‘हामी अहिले सरकारमा जाँदैनौं । सरकारमा जान कुनै छलफल र अभ्यास पनि गरेका छैनौँ,’ उहाँले भन्नुभयो, ‘जनमतका हिसाबले एमाले ठूलो पार्टी हो । तर प्राविधिक हिसाबले दोस्रो भएका छौं । त्यसैले सशक्त प्रतिपक्षको भूमिकामा रहन्छौं।’

    उपाध्यक्ष पौडेलले आफ्नो बहुमत नपुगेका बेला जसरी पनि सरकारमा जानुपर्छ भन्ने मान्यता नरहेको बताउँदै सरकारमा जाने कुनै पहलकदमी नलिएको दाबी गर्नुभयो । पूर्व अर्थमन्त्रीसमेत रहनुभएका पौडेलले प्रतिपक्षमा बसे पनि विकास, सुशाशन र लोकतन्त्रका विषयमा वकालत गरिरहने बताउनुभयो । ‘गठबन्धनसित पनि बहुमत त छैन तर टुक्राटुक्री जोडेर उसैले सरकार बनाओस् । हामी हेर्छौं,’ उहाँले भन्नुभयो ।

    पौडेलले एमालेको नेतृत्वमा सरकार बन्नु र नबन्नुले रुपन्देहीको विकासलाई असर नगर्ने बताउनुभएको छ ।

     


    शुक्रवार, मंसिर २३ २०७९०२:२२:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij