काठमाडौं । नेकपा एमालेले शुक्रबार(भोलि) सचिवालय बैठक बोलाएको छ ।
एमालेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिनुभयो ।
उहाँका अनुसार बैठकमा समानुपातिक तर्फका सांसदको छनोट, निर्वाचन समीक्षा लगायतका विषयमा छलफल गरिने छ ।
निर्वाचन आयोगले बुधबार राजनीतिक दललाई पत्र पठाउँदै समानुपातिक तर्फको सांसदको नाम पठाउन निर्देशन दिएको छ ।