Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

जबराविरुद्धको महाअभियोग निष्प्रभावी भएको भनी पठाएको पत्र खारेजीको माग गर्दै सर्वोच्चमा रिट  

जबराविरुद्धको महाअभियोग निष्प्रभावी भएको भनी पठाएको पत्र खारेजीको माग गर्दै सर्वोच्चमा रिट  

  • बुधवार, मंसिर २१ २०७९

  • 658
    SHARES

  • जबराविरुद्धको महाअभियोग निष्प्रभावी भएको भनी पठाएको पत्र खारेजीको माग गर्दै सर्वोच्चमा रिट  
    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको भनी संघीय संसद्का महासचिव  भरतराज गौतमले दिएको पत्र अवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा रिट पेस भएको छ ।
     
    त्यसको कानुनी आधार नभएको र उहाँको निर्णय गर्ने कानुनी हैसियत पनि नभएको भन्दै पत्र खारेज माग गर्दै  सर्वोच्च बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्य लगायतका पदाधिकारीहरूले रिट दायर गरेका हुन् । सर्वोच्चले रिटमा पेसी भने तोकिसकेको छैन ।
     
    पेस गरिएको उक्त पत्रमा असंवैधानिक  र गैर कानुनी भएकाले बदर हुनु पर्ने  माग गरिएको सर्वोच्च बार एसोसिएसनका सदस्य अनन्तराज लुइँटेलले जानकारी दिनुभयो ।


    बुधवार, मंसिर २१ २०७९०४:२५:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij