Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

प्रचण्ड र गृहमन्त्री बालकृष्ण खाँणबीच भेटवार्ता, यस्तो भयो कुराकानी...

प्रचण्ड र गृहमन्त्री बालकृष्ण खाँणबीच भेटवार्ता, यस्तो भयो कुराकानी...

  • सोमवार, मंसिर १९ २०७९

  • 799
    SHARES

  • प्रचण्ड र गृहमन्त्री बालकृष्ण खाँणबीच भेटवार्ता, यस्तो भयो कुराकानी...

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री बालकृष्ण खाणबीच भेटवार्ता भएको छ ।

    प्रचण्ड निवास खुमलटारमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल बताइएको छ । उहाँहरूबीच पाँच दलीय गठबन्धनलाई निरन्तरता दिनेबारे छलफल भएको गृहमन्त्रालयले बताएको छ ।

    मंसिर ४ गते भएको निर्वाचनमा गठबन्धन गरेर निर्वाचनमा लडेका दलहरू पाँच वर्षसम्मै गठबन्धनकै माध्यमबाट मुलुकको विकास गर्न एकजुट भएर लाग्नेबारे कुराकानी भएको थियो ।

    भेटमा प्रचण्डले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउन गृहमन्त्रालयले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको थियो ।

     


    सोमवार, मंसिर १९ २०७९०६:५१:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij