Nov 19 2026 | २०८३, मंसिर ४ गते

२०८३, मंसिर ४ गते
  • यो साता चर्चामा :
images

केपी ओलीले माधव नेपालविरुद्ध दायर गरेको मुद्दा हेर्न नभ्याइनेमा

केपी ओलीले माधव नेपालविरुद्ध दायर गरेको मुद्दा हेर्न नभ्याइनेमा

  • सोमवार, मंसिर १९ २०७९

  • 576
    SHARES

  • केपी ओलीले माधव नेपालविरुद्ध दायर गरेको मुद्दा हेर्न नभ्याइनेमा

    काठमाडौं।नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित निवर्तमान १४ सांसदसम्बन्धी मुद्दा हेर्न नभ्याइने सूचीमा परेको छ ।

    नेकपा एमालेमा विद्रोहका क्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १४ जना सांसद र एकीकृत समाजवादीको वैधानिकता सम्बन्धी रिट दायर गर्नुभएको थियो । सोही रिट हेर्न नभ्याउने सुचिमा परेपछि आजका लागी तय सुनुवाइ पनि स्थगित भएको छ।

    आज न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुयाँलको इजलासको मुद्दा २२ नम्बरमा रहेको थियो ।

    नेकपा एमाले विभाजन गरेर एकीकृत समाजवादी गठन गर्न राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेपछि ओलीले २०७८ भदौ १५ गते सर्वोच्चमा रिट दायर गर्नुभएको थियो। उक्त रिटमा इजलासले अन्तिम सुनुवाइ हुने भनि मिति तोकेपछि सुनुवाइ सर्दै आएको छ।


    सोमवार, मंसिर १९ २०७९०२:५५:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij