Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

शशांकले आइसोलेसनबाटै बिपीलाई यसरी सम्झिए

शशांकले आइसोलेसनबाटै बिपीलाई यसरी सम्झिए

  • बुधवार, भाद्र २४ २०७७

  • 972
    SHARES

  • शशांकले आइसोलेसनबाटै बिपीलाई यसरी सम्झिए

    काठमाडौं । आज कांग्रेसका संस्थापन नेता तथा पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०७ औँ जन्मजयन्ती हो । कोरोना भाइरस महामारीका कारण काँग्रेसले योपटक भर्चुअल बिपी जयन्ती मनायो ।

    पार्टी सभापति शेरबहादुर देउवालगायत धेरै नेता जुममार्फत गरिएको कार्यक्रममा सहभागि भए ।

    कोरोना संक्रमण हुनका बाबजुद कार्यक्रममा बिपीका कान्छा छोरासमेत रहनुभएका महामन्त्री डा. शशांक कोइराला पनि सहभागि हुनुभयो ।

    हाल होम आइसोलेनमा रहेका महामन्त्री कोइरालाले आफूलाई सञ्चो नभएको भन्दै छोटो मन्तव्य राख्नुभएको थियो ।

    यद्यपि, उहाँले ‘ठूलोभन्दा असल मान्छे बन्नुपर्छ’ भन्ने बिपीको सन्देश स्मरण गराउनुभयो ।

    महामन्त्री कोइरालालाई मंगलबार मात्र कोरोना संक्रमण देखिएको थियो ।

     


    बुधवार, भाद्र २४ २०७७०४:०१:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij