Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

जग्गालाई लिएर दुई परिवारबीच विवाद, बुवाले ज्यान गुमाए, तीन छोरा घाइते

जग्गालाई लिएर दुई परिवारबीच विवाद, बुवाले ज्यान गुमाए, तीन छोरा घाइते

  • शुक्रवार, मंसिर १६ २०७९

  • 760
    SHARES

  • जग्गालाई लिएर दुई परिवारबीच  विवाद, बुवाले ज्यान गुमाए, तीन छोरा घाइते

    काठमाडौं । धनुषामा जग्गाको विषयलाई लिएर दुई परिवारबीचको विवाद हुँदा एक जनाको मृत्यु भएको छ। ३ जना घाइते भएका छन्।

    मिथिला बिहारी नगरपालिका- ४ रमौलमा दुई परिवारबीच भएको विवादमा घरेलु हतियार प्रहारबाट ५३ वर्षीय प्रभु यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

    गएराति मृतक प्रभु यादव र छिमेकी सुरज यादवको परिवारबीच जग्गासम्बन्धी विवाद हुँदा घरेलु हतियारको प्रहारबाट उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक दीपक रायले बताउनुभयो।

    घाइते हुनेहरूमा प्रभुका जेठो छोरा जगरनाथ यादव, माहिलो छोरा सन्तोष यादव र कान्छो आशोक यादव रहेको प्रहरीले जनाएको छ ।

    घटनाको अनुसन्धानको लागि प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ।


    शुक्रवार, मंसिर १६ २०७९०२:३३:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij