Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

नाइजेरियाका ६० लाख महिला तथा बालबालिकालाई मानवीय सहायता आवश्यक : संयुक्त राष्ट्रसंघ

नाइजेरियाका ६० लाख महिला तथा बालबालिकालाई मानवीय सहायता आवश्यक : संयुक्त राष्ट्रसंघ

  • बिहिवार, मंसिर १५ २०७९

  • 512
    SHARES

  • नाइजेरियाका ६० लाख महिला तथा बालबालिकालाई मानवीय सहायता आवश्यक : संयुक्त राष्ट्रसंघ
    काठमाडौं । संयुक्त राष्ट्रसंघले विगत लामो समयदेखि हिंसा जारी रहेको नाइजेरियाका महिला तथा बालबालिकाका लागि मानवीय सहयताको आवश्यकता रहेको बताएको छ।
     
    यहाँका बालबालिका र खासगरी पछिल्लो समयमा गर्भवती महिलाहरूमा खाद्यान्न तथा आवश्यक पोषण पुग्न नसकेकोले उनीहरूको अवस्था निकै नै नाजुक रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ।
     
    संयुक्त राष्ट्रसंघले बुधबार यहाँका कम्तीमा पनि ६० लाख महिला र बालबालिकामा यस्तो समस्या रहेकाले यसका लागि आवश्यक रकम सहयोग गर्नुपर्ने पनि बताएको छ। संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसका प्रमुख प्रवक्ता स्टेफन डुजारिकले नाइजेरियाका हिंसाग्रस्त क्षेत्रहरूका महिला, गर्भवती महिला र बालबालिकाको अवस्था दिन प्रतिदिन नाजुक बन्दै गएको बताएका छन्। 
     
    उनले यहाँका पाँच लाखभन्दा बढी गर्भवतीले आवश्यक पोषणयुक्त खाद्यान्न नै खान नपाएका बताएका छन्। उनीहरूका साथै बालबालिकाका लागि नाइजेरिया सरकार, विश्वका अन्य देश र दाता संस्थाहरूसँग आवश्यक सहयोग रकमका लागि आग्रह गरिएको प्रमुख प्रवक्ता डुजारिकले बताए। 
     
    विशेषगरी उत्तरी नाइजेरियाली क्षेत्रमा यसवर्षको मनसुनी वर्षाका कारण खेतीयोग्य जमिन पनि नष्ट हुन पुगेको तथा यहाँ हिंसाका कारण समेत नागरिकहरू प्रभावित भएकाले उनीहरूलाई अहिलेका लागि खाद्यान्नकै समस्या उत्पन्न भएको उनले बताए। 


    बिहिवार, मंसिर १५ २०७९०१:१४:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij