Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

विपी जयन्तीमा काँग्रेसका नेताहरु दिनभरी“जुम”मा व्यस्त हुने, विपी पुत्र भने “रेष्ट”मा

विपी जयन्तीमा काँग्रेसका नेताहरु दिनभरी“जुम”मा व्यस्त हुने, विपी पुत्र भने “रेष्ट”मा

  • बुधवार, भाद्र २४ २०७७

  • 876
    SHARES

  • विपी जयन्तीमा काँग्रेसका नेताहरु दिनभरी“जुम”मा व्यस्त हुने, विपी पुत्र भने “रेष्ट”मा

    काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली काँग्रेसका संस्थापक विपी कोईरालाको जन्मजयन्तीका अवसरमा आज उहाँका सुवेच्छुकहरुले विभिन्न कार्यक्रम गरी स्मरण गर्दैछन्।

    कोरोना महामारीका कारण बाहिर एकै ठाउँमा जम्मा भएर अन्तरक्रिया, भेला जस्ता कार्यक्रमहरु नमिलेपछि उनीहरुले जुमबाट धेरै कार्यक्रमहरुको आयोजना गरेका छन् ।

    पार्टी मातहतका विभिन्न समितिहरु, कार्यकर्ताहरुले खोलेका विभिन्न संस्था तथा स्मृति प्रतिष्ठानहरुले कार्यक्रमको आयोजना गरेका छन् ।
    अधिकाँश कार्यक्रममा आमन्त्रण गरिनु भएका विपी पुत्र तथा पार्टीका महामन्त्री डा शशांक कोइरालालाई भने हिजो कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएपछि “रेष्ट”मा रहनु भएको छ।

    त्यस बाहेक पार्टी सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, प्रदीप गिरी, गगन थापालगायतका नेताहरु सहभागी हुने धेरै कार्यक्रम तय भएका छन् ।

    आज काँग्रेसका धेरै नेता तथा कार्यकर्ताहरु देश भित्र वा बाहिरबाट आयोजना गरिएका यस्तै कार्यक्रमहरुमा व्यस्त हुने भएका छन् ।
    नेपाली राजनीतिका सर्वाधिक रुचाइएका र आदर गरिने नेताका रुपमा स्मरण गरिने कोईरालाको विक्रम संवत १९७१ साल भदौ २४ गते जन्म भएको थियो ।

    उहाँ २०१५ सालमा पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नु भएको थियो । उहाँको सरकारले गरेका लोकप्रिय कामहरुबाट डराएर तत्कालिन राजा महेन्द्रले २०१७ साल पुस १ गते उहाँलाई अपदस्त गरेर पंचायती शासन व्यवस्था लागु गरेका थिए ।

    त्यसपछि पंचायती शासनका विरुद्धमा र प्रजातन्त्रका पक्षमा संघर्ष गर्दा गर्दै २०३९ साल साउन ६ गते उहाँको निधन भएको थियो ।
    उहाँलाई नेपाली राजनीतिकसँगै साहित्यको क्षेत्रमा पनि शिखर व्यक्तित्वका रुपमा लिइन्छ । उहाँका थुप्रै कृतिहरु अहिले पनि उत्तिकै लोकप्रिय र दिर्घकालिन महत्वका रहेका छन् ।

    त्यसैगरी उहाँले जोड दिनेगरेको राष्ट्रियता, समाजवाद, लोकतन्त्र, मेलपिलापलगायतका सैद्धान्तीक विषय अहिले पनि बहुस्विकार्य छन् ।

     

     


    बुधवार, भाद्र २४ २०७७०८:४५:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij