Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

परीक्षणमा सहभागी बिरामी परेपछि अक्सफोर्डद्धारा कोरोनाविरुद्धको खोप परीक्षण स्थगित

परीक्षणमा सहभागी बिरामी परेपछि अक्सफोर्डद्धारा कोरोनाविरुद्धको खोप परीक्षण स्थगित

  • बुधवार, भाद्र २४ २०७७

  • 1.0K
    SHARES

  • परीक्षणमा सहभागी बिरामी परेपछि अक्सफोर्डद्धारा कोरोनाविरुद्धको खोप परीक्षण स्थगित

    एजेन्सी । अक्सफोर्ड विश्वविद्यालयले कोरोनाविरुद्धको खोपको परीक्षण स्थगित गरेको छ।

    परीक्षणमा सहभागी एक मानिस नै बिरामी परेपछि परीक्षण स्थगित गरिएको हो। उक्त खोप अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका कम्पनी मिलेर निर्माण गरेका थिए।

    परीक्षण गरिएका व्यक्ति नै बिरामी परेपछि थप अध्ययन गर्न स्थगित गरिएको एस्ट्रोजेनेकाले जनाएको छ। विश्वका अन्य खोपमध्ये यसप्रति बढी अपेक्षा गरिएको थियो र अन्य परीक्षणमध्ये यो सबैभन्दा अगाडि रहेको विश्वास गरिएको थियो।

    तेस्रो चरणको परीक्षणमा ३० हजार मानिसलाई सामेल गराइएको थियो। बिबिसीका अनुसार अक्सफोर्डको यो परीक्षण विश्वका अन्य देशहरुमा पनि स्थगित गरिएको छ। अब यसबारेमा स्वतन्त्र रुपमा अनुसन्धान हुनेछ र नियामक निकायले फेरि परीक्षण सुरु गर्ने कि नगर्ने भनेर तय गर्नेछ।

     


    बुधवार, भाद्र २४ २०७७०७:२५:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij