Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

सन्दीपको जमैका फाइनल प्रवेशका लागि ट्रिनबागोसँग भिड्दै

सन्दीपको जमैका फाइनल प्रवेशका लागि ट्रिनबागोसँग भिड्दै

  • मंगलवार, भाद्र २३ २०७७

  • 1.3K
    SHARES

  • सन्दीपको जमैका फाइनल प्रवेशका लागि ट्रिनबागोसँग भिड्दै

    काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सिपिएल) टि–ट्वान्टी क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तालावाजले फाइनल प्रवेशका लागि आज राति ट्रिनबागो नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्दैछ ।

    लिग चरणमा चौथो स्थानमा रहँदै सेमिफाइनल पुगेको जमैकाले शीर्ष स्थानको नाइट ट्रिनबागोसँग खेल्न लागेको हो । ब्रायन लारा क्रिकेट स्टेडियममा हुने पहिलो सेमिफाइनल खेल नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ ।

    लिग चरणमा जमैकाले १० खेलमा ३ जित निकाल्दै ७ अंकका साथ सेमिफाइनलमा स्थान बनाएको थियो । नेपालका सन्दीपले लिग चरणको १० खेल खेल्दै ९ इनिङ्स बलिङ गर्दा १२ विकेट लिन सफल भएका छन् ।


    मंगलवार, भाद्र २३ २०७७०६:०९:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij