Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

चितवन–१ मा एमालेका पाण्डेलाई हराउँदै रास्वपाका ढकाल निर्वाचित

चितवन–१ मा एमालेका पाण्डेलाई हराउँदै रास्वपाका ढकाल निर्वाचित

  • बिहिवार, मंसिर ८ २०७९

  • 478
    SHARES

  • चितवन–१ मा एमालेका पाण्डेलाई हराउँदै रास्वपाका ढकाल निर्वाचित

    काठमाडौं । चितवन निर्वाचन क्षेत्र नम्बर १ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरि ढकाल निर्वाचित भएका छन् ।

    बिहीबार सम्पन्न मत गणनामा ढकाल एमाले उपाध्यक्ष समेत रहेका सुरेन्द्र पाण्डेलाई हराउँदै निर्वाचित भएका हुन् । ढकालले ३४ हजार १८९ मत ल्याउँदा पाण्डेले २६ हजार ६०८ र अर्का प्रतिस्पर्धी कांग्रेसका विश्वनाथ पौडेलले २४ हजार ९९० मत ल्याएका छन् ।

    यसैबीच एमाले उम्मेदवार पाण्डेले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका ढकाललाई बधाई दिएका छन् । उनले निर्वाचनमा आफूलाई मत दिने मतदाताप्रति आभार व्यक्त गरेका छन् ।

    उनले निर्वाचन प्रचार प्रसारको क्रममा विरोधीहरुले विगतमा विकास भएन भन्ने भ्रम फैलाएको भन्दै त्यो भ्रम सहि नभएको बताएका छन् ।


    बिहिवार, मंसिर ८ २०७९०४:५७:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij