Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

लोसपाका नेता लक्ष्मणलाल कर्णको जमानत जफत

लोसपाका नेता लक्ष्मणलाल कर्णको जमानत जफत

  • बुधवार, मंसिर ७ २०७९

  • 1.4K
    SHARES

  • लोसपाका नेता लक्ष्मणलाल कर्णको जमानत जफत

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता लक्ष्मणलाल कर्णको जमानत जफत भएको छ ।

    उनी पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । अन्तिम मत परिणाममा चौथो स्थानमा रहेका कर्णले १ हजार ११७ मत प्राप्त गरे ।

    जनता समाजवादी पार्टीका प्रदीप यादव २२ हजार ५३७ मतसहित विजयी बन्दा उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बागी उम्मेदवार अजय द्विवेदीले २० हजार ९१७ मत प्राप्त गरे ।

    तेस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका किरणमान डंगोलले २ हजार ६५१ मत प्राप्त गरे । पर्सा–१ बाट प्रतिनिधिसभा सदस्य पदमा २१ जनाले उम्मेदवारी दिएका थिए ।

    प्रतिनिधिसभा निर्वाचन ऐनअनुसार हरेक उम्मेदवारले जमानत जोगाउनका लागि कुल खसेको मतको १० प्रतिशत मत प्राप्त गर्नुपर्छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७० मा उम्मेदवारीले राख्नुपर्ने धरौटीबारे उल्लेख गरिएको छ ।

    ‘उम्मेदवारले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनमा उम्मेदवार हुनका लागि १० हजार रुपैयाँ सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा र समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनमा उम्मेदवारको बन्दसूचि पेश गर्ने दलले पचास हजार रुपैयाँ आयोग समक्ष धरौटी राख्नुपर्नेछ,’ उक्त दफामा भनिएको छ ।

    पर्सा क्षेत्र नम्बर १ मा कुल मतदाता ७७ हजार ९३३ रहेकामा ५१ हजार ३७९ मत खसेको थियो । यसमा केही मत बदर भएको भए पनि उनले धरौटी जोगाउन झण्डै पाँच हजार मत प्राप्त गर्नुपर्छ ।

    लक्ष्मणलाल कर्ण अघिल्लो निर्वाचनमा पर्सा ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । प्रदीप यादव भने अघिल्लो चुनावमा पनि पर्सा १ बाटै निर्वाचित भएका थिए ।

    लोसपा अन्तिम समयमा सत्ता गठबन्धनतिर लागेपछि पर्सा ४ मा कांग्रेसका रमेश रिजाललाई छाड्दै कर्ण पर्सा(१ पुगेका थिए ।

     


    बुधवार, मंसिर ७ २०७९०५:५८:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij