Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

रेलमार्गको ठेक्का रद्द हुनुको कारण यस्तो छ

रेलमार्गको ठेक्का रद्द हुनुको कारण यस्तो छ

  • मंगलवार, भाद्र २३ २०७७

  • 934
    SHARES

  • रेलमार्गको ठेक्का रद्द हुनुको कारण यस्तो छ

    काठमाडौं । विवादित पूर्व–पश्चिम विद्युतीय रेलमार्गको काँकडभिट्टा–इनरुवा खण्डका सबै ५४ वटा रेलमार्ग बनाउने ठेक्का रद्द भएको छ ।

    ठेक्का रद्द गरिएकोबारे रेल विभागले आज सार्वजनिक सूचनासमेत जारी गरिसकेको छ । यससँगै रेल विभागले रेलमार्ग (ट्रयाक बेड निर्माण)का लागि आव्हान गरेको ३२ अर्बको ठेक्काका सम्पूर्ण प्रक्रिया रद्द भएको छ ।

    सार्वजनिक खरिद ऐन, महालेखा परीक्षकको कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनविपरीत जग्गा प्राप्ति नै नभई राजनीतिक पहुँच र प्रभावका आधारमा आव्हान गरिएको ठेक्का रोक्न चौतर्फी दबाब परेपछि सरकार निर्णय फिर्ता लिन बाध्य भएको हो ।


    मंगलवार, भाद्र २३ २०७७०१:४७:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij