Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

योपटकको बिपी जयन्ती 'भर्चुअल'!

योपटकको बिपी जयन्ती 'भर्चुअल'!

  • मंगलवार, भाद्र २३ २०७७

  • 1.0K
    SHARES

  • योपटकको बिपी जयन्ती 'भर्चुअल'!

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिले पार्टीका संस्थापक नेता बिपी कोइरालाको १०७ औं जन्मजयन्ती तीन दिनसम्म विचार गोष्ठी आयोजना गरेर मनाउने भएको छ ।

    भदौ २४, २५ र २६ गते जुम एपमार्फत् बिभिन्न शीर्षकमा विचार गोष्ठी गरेर बिपीको जन्मजयन्ती मनाइने कांग्रेसले जनाएको छ ।

    भदौ २४ गते दिउँसो १ बजे ‘बिपीको विचार नेपालको समन्नतिको मूल बाटो’ विषयको विचार गोष्ठी आयोजना हुने छ । सो कार्यक्रममा मुख्य वक्ताको रुपमा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत सहभागी हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

    यसैगरी, भदौ २५ र २६ गते पनि बिपीका विषयमा बिचार गोष्ठी आयोजना गरिने कांग्रेसले जनाएको छ । कांग्रेसले भौतिक दूरी कायम गरेर, मास्क प्रयोग गरेर वा भर्चुअल विधिबाट बिपी जयन्ती मनाउन जिल्ला र विदेशस्थित सम्पर्क समितिलाई एक साताअघि नै परिपत्र गरिसकेको छ ।


    मंगलवार, भाद्र २३ २०७७०१:३३:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij