Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

निजी ल्याबको परिक्षणको बीमा दाबी भुक्तानी मापदण्ड संशोधन पछि : चापागाईं

निजी ल्याबको परिक्षणको बीमा दाबी भुक्तानी मापदण्ड संशोधन पछि : चापागाईं

  • मंगलवार, भाद्र २३ २०७७

  • 1.2K
    SHARES

  • निजी ल्याबको परिक्षणको बीमा दाबी भुक्तानी मापदण्ड संशोधन पछि : चापागाईं

    काठमाडौं । बीमा समितिका अध्यक्ष चिरञ्जीवी  चापागाईंले कोरोना संक्रमणको चेकजाँच गर्दा निजी ल्याबको परिक्षणको बीमा दाबी भुक्तानी मापदण्ड संशोधन पछि मात्र हुने बताउनु भएको छ ।

    नेपाली रेडियो नेटवर्कको कार्यक्रम अर्थ सम्बादमा पत्रकार टीपी भुसालसँग कुरा गर्दै अध्यक्ष चापागाईंले बीमा समितिले निजी प्रयोगशालाहरूबाट प्राप्त बीमा दाबीहरूको विस्तृत छानविन गर्न समिति गठन गरेको र समितिको सुझावका आधारमा बीमा दाबी भुक्तानीसम्बन्धी निर्णय गरिने बताउनु भयो ।

    बीमा समितिले कोरोना बीमा मापदण्ड– २०७७ अनुसार सरकारी निकायका प्रयोगशालाबाट गरिएको परीक्षणका आधारमामात्र दाबी भुक्तानी दिनु पर्ने प्रावधान रहेको भएपनि सरकारले निजी क्षेत्रलाई पनि त्यो अनुमति दिएकोले अब केही समयमै निजी प्रयोगशालाको रिपोर्टले पनि मान्यता पाउने उहाँले बताउनुभयो ।

    भदौ २१ गते निजी प्रयोगशालामा परीक्षण भई प्राप्त दाबीहरूका विषयमा छानविन गर्न बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलेको संयोजकत्वमा बनाइएको जानकारी दिँदै उहाँले समितिकोे सुझावका आधारमा यस विषयमा निर्णय गरिने हुनाले केही दिन धैर्य गर्न विमितहरुलाई आग्रह गर्नु भयो ।

    उहाँले नेपाली बीमा क्षेत्रमा बीमा अपराध गर्ने गिरोह पनि कायम रहेको बताउँदै बीमा अपराध नियन्त्रणको लागि नीतिगत व्यवस्थाको तयारी भइरहेको समेत जानकारी दिनुभयो ।

    विमा समितिका अध्यक्ष चापागाईसँग गरिएको कुराकानी तलको लिंकमा सुन्न सकिनेछ ।

    https://www.facebook.com/radionrn/videos/1003386236752264


    मंगलवार, भाद्र २३ २०७७०९:२५:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij