Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

सामाजिक सञ्जालमा भ्रम फैलाएको भन्दै कांग्रेस–माओवादीको आपत्ति, दोषीलाई कारबाहीको माग

सामाजिक सञ्जालमा भ्रम फैलाएको भन्दै कांग्रेस–माओवादीको आपत्ति, दोषीलाई कारबाहीको माग

  • शनिवार, मंसिर ३ २०७९

  • 795
    SHARES

  • सामाजिक सञ्जालमा भ्रम फैलाएको भन्दै कांग्रेस–माओवादीको आपत्ति, दोषीलाई कारबाहीको माग
    काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले दुई पार्टीबीच फाटो गराउने आशयले सामाजिक सञ्जालमा मिथ्या सूचना फैलाइएको भन्दै आपत्ति जनाएका छन् ।
     
    कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद भट्टराई र माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले शनिबार(आज) एक विज्ञप्ति जारी गरी विभिन्न अनलाइन सञ्चार माध्यमको समाचारको दुरुपयोग गरेर भ्रम फैलाइएको भन्दै आपत्ति जनाएका हुन् ।
     
    ‘नेपालका प्रतिष्ठित अनलाइन मिडिया समेतको दुरुपयोग गरेर नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बीच फाटो गराउने दुराशयले सामाजिक सञ्जालहरूमा प्रेषित सूचनाप्रति दुवै पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यो भ्रमपूर्ण, निराधार, कपोलकल्पित र दुराशय राखेर गरिएको राजनीतिक अपराध हो ।’
     
    निर्वाचनको अन्तिम घडीमा आम मतदातामा अन्योल सिर्जना गर्ने गरी षड्यन्त्र गरेको भन्दै कांग्रेस र माओवादी केन्द्रले यस्ता भ्रमपूर्ण र मिथ्या सूचनामा विश्वास नगर्न आग्रह गरेका छन् ।
     
    दुराशयपूर्ण सूचना हो भन्ने जान्दाजान्दै केही राजनीतिक दलका जिम्मेवार नेता, पदाधिकारी एवं उम्मेदवार समेतले स्थिर अवधिको मूल्य मान्यता विपरीत सामाजिक सञ्जालमा शेयर गरेकामा पनि उनीहरूले आपत्ति जनाएका छन् ।
     
    ‘साथै अपराधपूर्ण यस काममा संलग्न व्यक्तिको खोजी गरी कानुनी कारबाहीका लागि समेत सरकारसँग माग गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।
     
    पछिल्लो समय माओवादीका उम्मेदवारलाई भोट नदिन भनेर कांग्रेसले गोप्य सर्कुलर गरेको भन्दै विभिन्न अनलाइन सञ्चारमाध्यमलाई जोडेर सामाजिक सञ्जालमा हल्ला फैलाइएको छ । 
     
     
    nc mao.jpg


    शनिवार, मंसिर ३ २०७९०३:४०:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij