Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

‘सभापति देउवाले निर्णय नसच्याए आन्दोलनमा उत्रिन्छौं’

‘सभापति देउवाले निर्णय नसच्याए आन्दोलनमा उत्रिन्छौं’

  • सोमवार, भाद्र २२ २०७७

  • 913
    SHARES

  • ‘सभापति देउवाले  निर्णय नसच्याए आन्दोलनमा उत्रिन्छौं’

    काठमाडौं । पार्टीको १४ औं महाधिवेशनको मिति नजिकिँदै गर्दा प्रमुख विपक्षी नेपाली कांग्रेसभित्र आन्तरिक विवाद चुलिँदै गएको छ । सभापति शेरबहादुर देउवाले आफूखुसी पार्टीका विभाग विस्तार गरिरहेको भन्दै इतर पक्षले असन्तुष्टि जनाउँदै आएका छन् ।

    महाधिवेशनलाई प्रभावित गर्नेगरी सभापति देउवाले विभाग गठन गरिरहेको उनीहरुको आरोप छ । रामचन्द्र पौडेल र सिटौला पक्षका नेताहरुले सभापतिले आफ्ना निर्णय नसच्याए धर्ना दिनेदेखि लिएर आमरण अनसन बस्ने सम्मको चेतावनी दिएका छन् ।

    यता, देउवा पक्षका नेताहरुले भने विभाग गठन र शुभेच्छुक संस्थाहरुलाई पूर्णता दिने निर्णय स्वभाविक भएको दाबी गरेका छन् । नेता मिन विश्वकर्माले सभापति देउवाले गरेका निर्णयको बचाउ गर्नुभयो । उहाँले विधान अनुसार ६ महिनाभित्र नै पार्टीका विभाग लगायत सबै अंगहरुलाई विस्तार गर्ने प्रयास गरे पनि सहमति जुट्न नसकेको बताउनुभयो ।

    सभापतिले सर्वसम्मत निर्णय गरौँ भनेर दबाव दिए पनि पौडेलपक्ष सहमतिमा आउन नचाहेको नेता विश्वकर्माको भनाइ छ ।

    कांग्रेसका महामन्त्री शशांक कोइरालाले सभापतिले विधानविपरित गरेका कामको विरोध गर्दा पनि आफ्ना कुरा नसुन्ने गरेको आरोप लगाउनुभएको छ । पार्टीभित्र सभापतिले मनोमानी गरिरहेको उहाँको भनाइ छ । सभापतिको निर्णय क्षमतामाथि नै प्रश्न उठ्नेगरी विभाग विस्तार गर्ने काम भएको उहाँले बताउनुभयो ।

    सभापति देउवा विधानविपरीत अगाडि बढेको निष्कर्ष निकाल्दै पौडेल समूहले चरणवद्ध आन्दोलनको तयारी गरेको । विधानविपरीत भनिएका पछिल्ला निर्णयहरु फिर्ताका लागि सभापति देउवालाई दबाब दिन मौखिक र लिखित रुपमा ध्यानाकर्षणपत्र बुझाउनेदेखि आमरण अनशन बस्नेसम्मका दबाबमुलक कार्यक्रम गर्ने तयारी पौडेल समूहको छ ।

     


    सोमवार, भाद्र २२ २०७७०७:२६:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij