एजेन्सी । युइएफए नेशन्स लिग फुटबलअन्तर्गत आज विभिन्न आठ खेलहरु हुँदैछ । नेशन्स लिगमा आज इटाली, पोल्याण्ड, नेदरल्यान्ड्स, नर्वे, अस्ट्रियालगायतका देशले प्रतिस्पर्धा गर्दैछन् ।
इटालीले नेदरल्यान्ड्ससँग उसैको मैदानमा खेल्नेछ । इटाली र नेदरल्यान्ड्सबीचको खेल नेपाली समयअनुसार राति १२ः४५ बजे सुरु हुनेछ । पोल्याण्डले आज आफ्नो दोस्रो खेलमा बोस्निया एण्ड हर्जगोभिनासँग खेल्नेछ ।
त्यस्तै, नर्वेले नर्दन आयरल्याण्डसँग खेल्दा चेक रिपब्लिकले स्कटल्याण्डको सामना गर्दैछ ।
कजाकिस्तानले बेलारुससँग खेल्दा इजरायलले स्लोभाकियासँग प्रतिस्पर्धा गर्नेछ । अन्य खेलमा अष्ट्रिया र रोमानिया तथा अल्बानिया र लिथुनियाबीच प्रतिस्पर्धा हुनेछ ।