Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

आयोगले सूर्य थापालाई सोध्यो - भेलुबाजेलाई २ हजार दिएको हो ?

आयोगले सूर्य थापालाई सोध्यो - भेलुबाजेलाई २ हजार दिएको हो ?

  • शुक्रवार, मंसिर २ २०७९

  • 830
    SHARES

  • आयोगले सूर्य थापालाई सोध्यो - भेलुबाजेलाई २ हजार दिएको हो ?

    काठमाडौं । निर्वाचन आयोगले प्यूठानबाट प्रतिनिधि सभामा उम्मेदवार रहनुभएका नेकपा एमालेका सूर्य थापालाई पुनः स्पष्टीकरण सोधेको छ ।

    सामाजिक सञ्जालमा भेलुबाजेको नामबाट चिनिएका मीनबहादुर बुढालाई २ हजार रुपैयाँ दिई निर्वाचन प्रचारप्रसारमा सहभागी गराएको बारेमा आयोगले थापालाई स्पष्टीकरणा सोधेको हो ।

    निर्वाचन आचारसंहिताका उल्लेखित व्यवस्थाको प्रतिकूल हुने गरी तपाईंले मीनबहादुर बुढा (भेलुबाजे) लाई नगद वितरण गर्नु भएको हो, होइन ? तपाईंले निज मीनबहादुर बुढा (भेलुबाजे) लाई नगद रकम वितरण गरेको भए निर्वाचन आचारसंहिताको उल्लंघनमा तपाईंलाई किन कारवाही हुनु नपर्ने हो ?’ स्पष्टीकरणमा भनिएको छ, ‘यो पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगको इमेलमा वा जिल्ला निर्वाचन कार्यालय प्यूठानमा प्राप्त हुने गरी लिखित स्पष्टीकरण पेश गर्नुहुन निर्णयानुसार निर्देशन दिइएको छ ।’

    प्यूठानमा गएर थापाको प्रचारप्रसारमा सहभागी भएका बुढाले केही दिनअघि आफूलाई चुनाव प्रचारमा गए वापत थापाले २ हजार रुपैयाँ दिएको बताएका थिए ।


    शुक्रवार, मंसिर २ २०७९०७:२४:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij