Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

जनताको सहभागितामा रुकुमको आर्थिक सम्बृद्धि : जनार्दन शर्मा

जनताको सहभागितामा रुकुमको आर्थिक सम्बृद्धि : जनार्दन शर्मा

  • बिहिवार, मंसिर १ २०७९

  • 701
    SHARES

  • जनताको सहभागितामा रुकुमको आर्थिक सम्बृद्धि : जनार्दन शर्मा

    काठमाडौं । अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले जनताको सहभागितामा रुकुमलाई आर्थिक सम्बृद्धिको बाटोमा अघि बढाइने बताउनुभएको छ।

    बिहीबार रुकुम पश्चिमको चौरजहारीमा आयोजित चुनावी सभामा बोल्दै शर्माले जनतालाई उत्पादनमा लगाउने र कृषिमा आधारित उद्योग स्थापना गरेर आर्थिक सम्बृद्धि र गरिबी अन्त्य गरिने बताउनुभयो ।

    उहाँले यसअघि दलहरूकै सहमतीमा रुकुम एकीकृत विकास मोडेल तयार भएर समाजवादको यात्रा तय भएको र अबको लक्ष्य आर्थिक सम्बृद्धि नै भएको बताउनुभयो। साथै उहाँले रुकुममा अब विकास पार्टी बनाउने प्रस्ताव समेत अघि सार्नुभएको छ ।

    ‘यो दल, उ दल भन्दापनि अहिले हामी गठबन्धनमा छौँ, अब विकास पार्टी बनाउ र त्यसको नेतृत्व गोपाल जीजंग दाइले गर्नुपर्छ,’उहाँले भन्नुभयो, ‘अब यहाँ बाटो, पानीको मुहान खन्ने ठाउँमा विवाद हुने छैन, सामाजिक सांस्कृतिक अभियानले सामाजिक मेलमिलापको भूमिका निर्वाह गर्ने छ ।’


    बिहिवार, मंसिर १ २०७९०६:५६:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij