काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको संयोजकत्वमा रहेको सूचना, सञ्चार तथा प्रचार विभागले पार्टीलाई प्रविधिमैत्री बनाएर लैजाने निर्णय गरेको छ । विभागको शनिबार र आइतबार बसेको ‘भर्चुअल’ बैठकले पार्टीलाई प्रविधिमैत्री बनाएर लैजाने निर्णय गरेको हो ।
बैठकले कांग्रेसलाई सूचना, सञ्चार र प्रचारको क्षेत्रमा आधुनिक प्रविधिमैत्री बनाउँदै अघि बढ्ने अभियान सुरुवात गर्ने, ‘प्रविधिमैत्री अभियान’ को सुरुवातमा पार्टीको वेबसाइटलाई जतिसक्दो चाँडो अत्याधुनिक रुपान्तरणका साथ सार्वजनिक गर्ने निर्णय गरेको विभागका सचिव दिनेश थापा मगरले जानकारी दिनुभयो ।
प्रविधिमैत्री अभियान र विभागका अन्य कार्यलाई चुस्त–दुरुस्त बनाउन कांग्रेसको विधानको धारा ३७ को (ज) बमोजिम विभिन्न उपसमिति गठन गर्ने पनि निर्णय भएको उहाँको भनाइ छ ।