Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

सत्ता गठबन्धनको अपिल  : विघटनकारी र प्रतिगमनकारीलाई परास्त गर्नु छ

सत्ता गठबन्धनको अपिल  : विघटनकारी र प्रतिगमनकारीलाई परास्त गर्नु छ

  • बिहिवार, मंसिर १ २०७९

  • 589
    SHARES

  • सत्ता गठबन्धनको अपिल  : विघटनकारी र प्रतिगमनकारीलाई परास्त गर्नु छ
    काठमाडौं । सत्ता गठबन्धनका दलहरूले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन दलका उम्मेदवारलाई मतदान गरेर जिताउन अपिल गरेका छन् ।
     
    ४ मंसिरमा हुने निर्वाचनका लागि मौन अवधि सुरू हुनुअघि बिहीबार(आज) कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त अपिल जारी गर्दै यो निर्वाचनले विघटनकारी तथा प्रतिगमनका पक्षधरहरूको गठबन्धनलाई उदाङ्गो पार्दै परास्त गर्नुपर्ने आह्वान गरेका छन् ।
     
    ‘हाम्रा संकल्प, प्रतिबद्धता र घोषणापत्र सार्वजनिक भइसकेका छन् । यो गठबन्धन प्रत्यक्ष निर्वाचनतर्फ भएकाले समानुपातिकतर्फ सबै पार्टीले आ–आफ्ना पक्षमा मत माग्नु स्वाभाविक हो । यसले गठबन्धनको भावनामा कुनै चोट पुर्‍याउँदैन,’ अपिलमार्फत नेताहरूले भनेका छन्, ‘गठबन्धनको स्पष्ट बहुमतबाट नै भोलिको सरकार गठन हुने र यसले संविधानको भावना अनुरूप राजनीतिक स्थायित्व दिने हो ।’
     
    गठबन्धनले प्रतिगमनको खतरा अझै नटरेको भन्दै गठबन्धन दलले बहुमत नपाए फेरि पनि त्यही प्रवृत्तिको पुनरागमन हुन सक्ने बताएका छन् ।‘देशको संविधान, कानुन, विधि र प्रक्रिया उल्लंघन गरी दुई–दुई पटक गरेको प्रतिनिधि सभा विघटन र कोरोना महामारीमा परेका नागरिकलाई खोप दिलाउनु सट्टा भ्रष्टाचारमा निर्लिप्त हुँदै अनेकन् स्वेच्छाचारी र प्रतिगामी कदम चालेपछि तत्कालीन सरकारविरुद्ध २०७८ असारमा यो गठबन्धन बनाउनु परेको विदितै छ,’ चार दलले अपिलमा भनेका छन्, ‘यो गठबन्धनको सरकार बनेपछि पनि प्रतिगमनकारी र अधिनायकवादी आक्रमणको खतरा कायम रहेका कारण स्थानीय निर्वाचन र यो आम निर्वाचनमा समेत संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिएका हुन् । झन्डै डेढ वर्षको यो अवधिमा सरकारले स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित तवरमा निर्धारित समयमा नै स्थानीय तहको निर्वाचन सम्पन्न गराएको छ ।’
     
    गठबन्धनले देउवा सरकार बनेपछि मुलुकको विदेश नीतिमा सन्तुलन कायम भएको, नागरिकलाई सत्ताको अधिनायकवादी त्रासबाट मुक्त गर्दै दैनिक जीवन यापनका स्रोत साधनको नियमित आपूर्ति गर्न सहज भएको दाबी गरेको छ । नेताहरूले संविधानमाथि कुनै खालको आक्रमण हुन नदिने तथा विकासका पूर्वाधारहरूलाई छिटोभन्दा छिटो सम्पन्न गरी मुलुकलाई विकासशील मुलुकको दाँजोमा माथि उठाउने लक्ष्य गठबन्धनको प्राथमिकता रहेको दाबी गरेका छन् ।
     
    joint-statement-20790801-17112022092252-1000x0.jpg


    बिहिवार, मंसिर १ २०७९०२:३७:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij