Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

विश्वकप फुटबल हेर्दा पाँच सय शुल्क तिर्नुपर्ने 

विश्वकप फुटबल हेर्दा पाँच सय शुल्क तिर्नुपर्ने 

  • बुधवार, कार्तिक ३० २०७९

  • 583
    SHARES

  • विश्वकप फुटबल हेर्दा पाँच सय शुल्क तिर्नुपर्ने 
    काठमाडौं । सर्वोच्च अदालतले विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण गर्न दर्शकसँग अतिरिक्त शुल्क लिन रोक लगाउने गरी यसअघि जारी अल्पकालीन अन्तरिम आदेश खारेज गरेको छ । न्यायाधीश प्रकाश कुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले बुधबार(आज) यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने आदेश गरेको हो ।
     
    सर्वोच्चको यो आदेशसँगै मिडिया हब प्रालिलाई विश्वकप फुटबलको प्रत्यक्ष प्रसारणबापत दर्शकसँग अतिरिक्त पाँच सय शुल्क लिने बाटो खुलेको छ ।
     
    अधिवक्ता किशोर पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारलाई विपक्षी बनाएर रिट निवेदन दायर गर्नुभएको थियो । उहाँले विश्वकप फुटबलको प्रत्यक्ष प्रसारणमा दर्शकसँग अतिरिक्त शुल्क लिन नमिल्ने जिकिर गर्नुभएको थियो ।


    बुधवार, कार्तिक ३० २०७९०४:५१:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij