Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

रवि लामिछानेमाथि लाग्यो यस्तो आरोप,उम्मेदवारी खारेजीको माग गर्दै उजुरी

रवि लामिछानेमाथि लाग्यो यस्तो आरोप,उम्मेदवारी खारेजीको माग गर्दै उजुरी

  • मंगलवार, कार्तिक २९ २०७९

  • 945
    SHARES

  • रवि लामिछानेमाथि लाग्यो यस्तो आरोप,उम्मेदवारी खारेजीको माग गर्दै उजुरी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन निर्वाचन–२ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रवि लामिछानेको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेको छ ।

    उम्मेदवार लामिछानेले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता त्याग नगरेको भन्दै उम्मेदवारी खारेज गर्नुपर्ने माग गर्दै राजकुमार पाण्डेले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएको निर्वाचन आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिनुभयो ।

    निर्वाचन आयोगका उपन्यायाधिवक्ता वाग्लेले कानूनी व्यवस्था अनुसार चितवन–२ को निर्वाचन अधिकृतको कार्यालयमा उक्त उजुरीबारे जानकारी गराएको बताउनुभयो । निर्वाचन अधिकृतले सम्बन्धित व्यक्तिबाट स्पष्टीकरण प्राप्त गरेर आयोगमा पठाइसकेपछि थप प्रक्रिया अघि बढ्ने उहाँको भनाइ छ ।


    मंगलवार, कार्तिक २९ २०७९०७:३३:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij