Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

गोरखामा प्रचण्डले गुण्डा लगाएर मान्छे कुट्दैछन् : ओली

गोरखामा प्रचण्डले गुण्डा लगाएर मान्छे कुट्दैछन् : ओली

  • सोमवार, कार्तिक २८ २०७९

  • 946
    SHARES

  • गोरखामा प्रचण्डले गुण्डा लगाएर मान्छे कुट्दैछन् : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गोरखामा पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हालत देखिएको बताउनुभएको छ ।

    चितवनको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले गुन्डा पठाएर मान्छे कुट्न लगाएको आरोप लगाउनुभयो । उहाँले प्रचण्डलाई लक्षित गर्दै भन्नुभयो, ‘मैले माडीमा आउँदा भनेको थिए मणि बनाउनतिर जान्छु भनेर। मैले राम र लक्ष्मण जन्मिएको ठाउँमा। राम लक्ष्मणहरू बसेको र राज गरेको ठाउँमा बचपन हुँदा खेलेका होलान्। त्यो ठाउँमा राम जन्मभूमि ल्याउँदा यतैका हुँ भन्ने नेताले मलाई त गधा बोकेको हनुमान पठाए।’

    उहाँले एमालेसँग दुस्मनी आफैँ सकिने दाबी गर्नुभयो । ‘सीता राम, लक्ष्मणहरूसँग पनि दुस्मनी गर्ने पनि सकिन्छन्। अहिले उकालोतिर लागेका छन्’ ओलीले भने, ‘गोरखामा पनि हालत के रहेछ भनेर थाहा पाइसक्यौँ। मान्छे कुट्न थाले। खाना खाइरहेको ठाउँमा गुन्डा पठाएर बोतलै बोतलै हानेर टाउको फुटाउनतिर लागे।’

    ओलीले प्रतिगमन गर्‍यो भनेर लोकतन्त्रको रक्षा गर्न आएका भन्नेहरूले बियरको बोतल बोकेर अर्काको टाउकोमा हान्न लगाएको आरोप लगाउनुभयो ।


    सोमवार, कार्तिक २८ २०७९०२:४४:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij