Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

देउवा र प्रचण्ड दुवै प्रतिगमनकारी हुन् -ओली

देउवा र प्रचण्ड दुवै प्रतिगमनकारी हुन् -ओली

  • आइतवार, कार्तिक २७ २०७९

  • 652
    SHARES

  • देउवा र प्रचण्ड दुवै प्रतिगमनकारी हुन् -ओली

    काठमाडौँ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा र मा‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवै प्रतिगमनकारी भएको आरोप लगाउनुभएको छ ।

    कालिकोटमा आज आयोजित चुनावी आमसभामा बोल्दै ओलीले सो आरोप लगाउनुभएको हो ।

    ओलीले प्रतिधिनिसभा विघटनको प्रतिरक्षा गर्दै प्रचण्डले आफुले गरेको प्रतिबद्धताअनुसार अघि नबढेका कारण प्रतिनिधिसभा विघटन गरेको दाबी गर्नुभएको छ ।

    उहाँले आफू सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटीमा अल्पमतमा पर्ने जान्दा जान्दै पनि वामपन्थी शक्तिलाई एकै स्थानमा ल्याउन प्रयास गरेको बताउनुभयो ।

    उहाँले अदालतमा सेटिङ गरेर देउवा र प्रचण्ड मिलेर आफ्नो सरकार हटाइएको आरोप लगाउदै यो गठबन्धनको आयु लामो नभएको समेत टिप्पणी गर्नुभयो ।


    आइतवार, कार्तिक २७ २०७९०४:३४:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij