Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

संविधान जोगाउन र देश विकास गर्न गठबन्धनले चुनाव जित्नैपर्छ - प्रधानमन्त्री देउवा

संविधान जोगाउन र देश विकास गर्न गठबन्धनले चुनाव जित्नैपर्छ - प्रधानमन्त्री देउवा

  • शनिवार, कार्तिक २६ २०७९

  • 813
    SHARES

  • संविधान जोगाउन र देश विकास गर्न गठबन्धनले चुनाव जित्नैपर्छ - प्रधानमन्त्री देउवा

    काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले स्थायी शान्ति र विकासका लागि सत्ता गठबन्धनले यो निर्वाचन जित्नैपर्ने बताउनु भएको छ ।

    भरतपुरमा आज आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै उहाँले ठूलो सङ्घर्षबाट प्राप्त भएको गणतन्त्र स्थायी रुपमा स्थापित गर्न र सङ्घीय शासन व्यवस्था, समावेशिता, हिमाल, पहाड मधेससहित मेची महाकालीसम्मको भूभागलाई एक बनाएर लैजाने आफ्नो प्रयास रहेकोले यसपटकको निर्वाचन गठबन्धनले जित्नैपर्ने बताउनुभएको हो ।

    फरक प्रसङ्गमा उहाँले अहिलेको संविधानमा मनपरि तरिकाले संसद् विघटन गर्ने अधिकार नभएको भन्दै केपी ओलीले संविधानलाई आफ्नो खेलौना जस्तो गरेर दुई दुई पटक विघटन गरेको टिप्पणी गर्दै उहाले त्यसलाई सबै मिलेर फिर्ता ल्याएको बताउनुभयो ।

    संविधानको रक्षाका लागी पनि गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बताउदै उहाँले गठबन्धनको उम्मेदवारका पक्षमा मतदान गर्न आग्रह गर्नुभयो।

    उहाँले आउँदा तीन निर्वाचनसम्म गठबन्धन अघि बढाउनुपर्ने भएकोले सबैलाई इमान्दारिताका साथ गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गर्नुभयो ।


    शनिवार, कार्तिक २६ २०७९०७:४९:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij