Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

जिल्ला अदालत नवलपुरको फैसला उल्टाउन पल शाहद्धारा पुनरावेदनको निवेदन

जिल्ला अदालत नवलपुरको फैसला उल्टाउन पल शाहद्धारा पुनरावेदनको निवेदन

  • शुक्रवार, कार्तिक २५ २०७९

  • 812
    SHARES

  • जिल्ला अदालत नवलपुरको फैसला उल्टाउन पल शाहद्धारा पुनरावेदनको निवेदन

    काठमाडौं । अभिनेता पल शाहले नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदनका लागी निवेदन दिएका छन् ।

    नाबालिकामाथि यौन दुरुपयोगको मुद्दामा नवलपुर जिल्ला अदालतबाट दोषी ठहर भएका शाहले फैसला उल्टाएर सफाइ दिनुपर्ने माग गर्दै आज उच्च अदालतमा निवेदन दर्ता गराएका हुन् ।

    नाबालिकामाथि बलात्कारको आरोप लागेका शाहलाई नवलपुर अदालतले बालयौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे दुई वर्ष कैद, २५ हजार रुपैयाँ जरिवाना र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको थियो ।

    सोही प्रकृतिको मुद्दामा तनहुँ जिल्ला अदालतमा भने शाहको मुद्दा विचाराधीन छ । उनी हाल तनहुँ कारागारमा रहेका छन् ।


    शुक्रवार, कार्तिक २५ २०७९०२:३१:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij