Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

चन्द्र भण्डारी मुलुकको हित चिताउने नेता : डा.गोविन्द केसी 

चन्द्र भण्डारी मुलुकको हित चिताउने नेता : डा.गोविन्द केसी 

  • बिहिवार, कार्तिक २४ २०७९

  • 998
    SHARES

  • चन्द्र भण्डारी मुलुकको हित चिताउने नेता : डा.गोविन्द केसी 
    काठमाडौं । सत्याग्रही डा. गोविन्द केसीले गुल्मी क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभामा उम्मेदवार रहनु भएका डा. चन्द्र भण्डारी जितको शुभकामना व्यक्त गर्नु भएको छ । काठमाडौँको माइतीघरमा बिहीबार बिहान भएको भेटघाटका क्रममा डा. केसीले मुलुकमा बढ्दै गएको भ्रष्टाचार र बेथिति नियन्त्रणका लागि डा. चन्द्र भण्डारीको जित महत्त्वपूर्ण रहेको बताउनुभयो ।
     
    डा. केसीले राष्ट्र, राष्ट्रियता र मुलुकको रूपान्तरणका लागि स्पष्ट दृष्टिकोण भएका युवा नेताहरूले निर्वाचन जित्नुपर्ने बताउनुभयो । डा. केसीले भन्नुभयो ‘‘तपाइमा देशमा केही गरौँ भन्ने तीव्र इच्छा देखेको छु, पार्टी राजनीति भन्दा माथि उठेर देशको हितमा लाग्न सक्ने तपाइ जस्ता युवा नेता प्रतिनिधि सभामा आउनुपर्छ ।’’ 
     
    डा. केसीले गुल्मीका मतदाताले डा. चन्द्र भण्डारीको उचित मूल्याङ्कन गर्ने विश्वास समेत व्यक्त गर्नुभयो । आफू कुनै राजनीतिक पार्टी र व्यक्तिको पक्ष वा विपक्षमा नरहेको स्पष्ट पार्दै डा. गोविन्द केसीले चन्द्र भण्डारी पार्टी राजनीति भन्दा माथि उठेर मुलुकको हितमा काम गर्ने व्यक्ति भएकाले मात्र आफूले शुभेच्छा व्यक्त गरेको समेत बताउनुभयो ।
     
    डा.चन्द्र भण्डारीसँग मुलुकमा देखिएका बेथिति विरुद्ध लड्न सक्ने राष्ट्रियताको सवालमासमेत स्पट धारणा राख्न खुबी देखिको भन्दै डा. केसीले मुलुक रूपान्तरणको तीव्र चाहना र दृष्टिकोण आफूले अनुभव गरेकाले जितको शुभकामना व्यक्त गरेको बताउनुभयो । 
     
    नेपालमा चिकित्सा शिक्षाको सुधारका लागि १९ औँ पटक आमरण अनसन बसिसक्नु भएका सत्याग्रही डा. गोविन्द केसीलाई नेपालका महात्मा गान्धीको रुपमा हेर्ने गरिन्छ। डा. केसी सत्याग्रह, निरन्तरको संघर्ष र चिकित्सा शिक्षा सुधारमा चट्टानी अडानका कारण  नेपालमा पछिल्लो समय मेडिकल शिक्षामा देखिएको अस्वस्थ प्रतिस्पर्धा, व्यापारीकरण र बेथिति  सुधार उन्मुख छ ।
     
    निमुखा तथा आर्थिक अवस्था कमजोर भएका दुर्गम क्षेत्रका बासिन्दालाई निःशुल्क स्वास्थ्य सेवा तथा औषधि समेत उपलब्ध गराउँदै आउनु भएका डा. केसी महामारी हुँदा देश विदेशमा निःशुल्क स्वास्थ्य सेवामा खटिँदै आउनु भएको छ । 
     
    उक्त भेटघाटका क्रममा गुल्मी क्षेत्र नम्बर–१ प्रतिनिधि सभाका उम्मेदवार डा. चन्द्र भण्डारीले मेडिकल शिक्षाको सुधारमा डा. गोविन्द केसीको संघर्ष र योगदानबाट आफू निकै प्रभावित भएको  बताउनुभयो । साथै  डा. केसीले उठाउँदै आएका मागप्रति आफ्नो सधैँ ऐक्यबद्धता रहेको सुनाउनुभयो । डा. भण्डारीले भन्नुभयो ‘‘चिकित्सा शिक्षा सुधारका लागि तपाइले गर्नु भएको सत्याग्रह, संघर्षबाट चिकित्सामा सुधार देखिने आशा पलाएको छ । यस्ता महत्त्वपूर्ण विषयलाई निर्वाचित भएपछि प्रतिनिधि सभामा उठाउने छु ।’’ 
     
    उहाँले मेडिकल शिक्षामा देखिएका समस्या समाधान गर्ने गरी नीति निर्माण तहमा आफूले प्रभावकारी भूमिका निर्वाह गर्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।
     
    लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट साझा उम्मेदवार बन्नु भएका डा. भण्डारी युवा माझ लोकप्रिय मानिनुहुन्छ । कृषि, पर्यटनको सम्भावना भएको गुल्मीलाई देशकै नमुना जिल्ला बनाउने प्रतिबद्धता सहित चुनावी मैदानमा होमिनु भएका डा. भण्डारी बौद्धिक नेताका रुपमा समेत परिचित हुनुहुन्छ ।


    बिहिवार, कार्तिक २४ २०७९०६:५६:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij