Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

डेंगुका बिरामी बढे

डेंगुका बिरामी बढे

  • बिहिवार, कार्तिक २४ २०७९

  • 383
    SHARES

  • डेंगुका बिरामी बढे

    काठमाडौं । देशभर डेंगुबाट सङ्क्रमितको सङ्ख्या ५१ हजार एक सय ७७ पुगेको छ । तीन दिनमा नौ सय १४ नयाँ डेङ्गु सङ्क्रमित थपिएसँगै बुधबारसम्म सङ्क्रमितको सङ्ख्या ११ हजार एक सय ७७ पुगेको हो ।

    तीन दिनमा थप दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यससँगै डेङ्गुबाट अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ५७ पुगेको हो । सबैभन्दा धेरै वाग्मती प्रदेशमा ३९ हजार छ सय २४ जना डेङ्गुका सङ्क्रमित छन ।

    लुम्बिनी प्रदेशमा चार हजार नौ सय १८, प्रदेश १ मा बीस हजार ८५, गण्डकी प्रदेशमा एक हजार सात सय २१, सुदूरपश्चिम प्रदेशमा आठ सय ९६ र कर्णाली प्रदेशमा छ सय ७६ जना सङ्क्रमित भइसकेका छन् ।

    यस्तै डेङ्गुबाट धेरै सङ्क्रमित भएका १० जिल्लामा काठमाडौँमा १३ हजार सात सय ८७, ललितपुरमा नौ हजार पाँच सय २२, भक्तपुरमा पाँच हजार चार सय ८९, मकवानपुरमा पाँच हजार तीन सय ४७, चितवनमा दुई छ सय २७, दाङमा दुई हजार तीन सय ८८, धादिङमा एक हजार चार सय ११ र रुपन्देहीमा एक हजार एक सय ९५ सङ्क्रमित छन् ।


    बिहिवार, कार्तिक २४ २०७९०६:५६:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij