Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

देउवाका प्रतिस्पर्धी ढकालको गुनासोः मलाई प्रचार गर्न दिइएन

देउवाका प्रतिस्पर्धी ढकालको गुनासोः मलाई प्रचार गर्न दिइएन

  • सोमवार, कार्तिक २१ २०७९

  • 2.8K
    SHARES

  • देउवाका प्रतिस्पर्धी ढकालको गुनासोः मलाई प्रचार गर्न दिइएन

    काठमाडौं । डडेलधुराबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका सागर ढकालले आफूलाई चुनाव प्रचार प्रसार गर्न प्रशासनले रोक लगाएको बताउनुभएको छ ।

    कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रतिस्पर्धा गर्न गुल्मीबाट डडेलधुरा पुगेका ढकालले माइकिङ गरेर प्रचार गर्न प्रशासनले रोक लगाएको दाबी गर्नुभएको हो ।

    उहाँले आफूलाई हर्क साम्पांङले जसरी प्रचार गर्न नदिइएको आरोप लगाउनुभएको छ ।

    आज सामाजिक सञ्जाल ट्वीटरमा उहाँले भन्नुभएको छ, ‘मलाई जोगाइदिनुस् मलाई अब प्रचार प्रसारमा डडेल्धुरामा रोक लगाइएको छ। शेरबहादुरले खुलमखुल्ला नियम कानुन उल्लंघन गर्दा आखा बन्द गरेको प्रशासन आज मैले हर्क साम्पांङ जस्तो गरि माइकिंग गर्न पनि दिएको छैन।’


    सोमवार, कार्तिक २१ २०७९०६:४७:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij