Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

काठमाडौं १ मा लोसपाका उम्मेदवारको समर्थन प्रकाशमानलाई

काठमाडौं १ मा लोसपाका उम्मेदवारको समर्थन प्रकाशमानलाई

  • सोमवार, कार्तिक २१ २०७९

  • 609
    SHARES

  • काठमाडौं १ मा लोसपाका उम्मेदवारको समर्थन प्रकाशमानलाई

    काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका उम्मेदवार रहेका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलाई लोकतान्त्रिक समाजवादी पार्टी नेपालले समर्थन गरेको छ।

    लोसपाबाट काठमाडौं १ मा प्रकाश नायजु उम्मेदवार हुनुहुन्थ्यो । साथै प्रदेश सभा क्षेत्र (क) का लोसपा उम्मेदवार रणवीरसिंह क्षेत्रीले पनि उम्मेदवारी निस्कृय गर्दै सत्ता गठबन्धनका उम्मेदवार दीपेन्द्र श्रेष्ठलाई सहयोग गर्ने भएका छन्।

    प्रदेश सभा क्षेत्र (ख) मा लोसपा उम्मेदवार रहेका करण श्रेष्ठको उम्मेदवारी भने कायमै रहेको विज्ञप्तिमा उल्लेख छ।

    सिंह र श्रेष्ठलाई समर्थन गरेका लोसपाका उम्मेदवारहरूले आजदेखि आफ्नो चुनाव प्रचार नगरी सत्ता गठबन्धनका उम्मेदवारको प्रचार गर्ने सहमति पनि भएको छ।

    Letter.jpg


    सोमवार, कार्तिक २१ २०७९०२:५४:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij