Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

कर्णालाी प्रदेश अस्पतालको ओपीडी सेवा आइतबारदेखि पुनः सुरु हुने

कर्णालाी प्रदेश अस्पतालको ओपीडी सेवा आइतबारदेखि पुनः सुरु हुने

  • शनिवार, आषाढ २० २०७७

  • 1.3K
    SHARES

  • कर्णालाी प्रदेश अस्पतालको ओपीडी सेवा आइतबारदेखि पुनः सुरु हुने

    सुर्खेत । विशेषज्ञ चिकित्सकसहितका स्वास्थ्यकर्मीहरुमा कोरोना सङ्क्रमण पुष्टिभएपछि बन्द भएको यहाँस्थित प्रदेश अस्पतालको बहिरङ्ग सेवा (ओपीडी) पुनः शुरु हुने भएको छ ।

    दश दिनदेखि बन्द ओपीडी सेवा भोलि (आइतबार)देखि सञ्चालन हुने अस्पतालले जनाएको छ । अस्पतालमा कोभिड–१९ का सङ्क्रमितहरुको उपचार तथा व्यवस्थापकीय नेतृत्व गर्ने चिकित्सकसहितका नौ स्वास्थ्यकर्मीमा सङ्क्रमण देखिएको थियो ।

    उनीहरु प्रदेश अस्पतालकै कोरोना विशेष अस्पतालको आइसोलेसनमा रहेका छन् । यही असार ११ गतेदेखि बन्द ओपीडी सेवा भोलिदेखि सञ्चालन गरिने अस्पतालका निर्देशक डा. डम्बर खड्काले जानकारी दिनुभयो । रासस


    शनिवार, आषाढ २० २०७७०२:५८:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij