Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

फिनल्यान्डकी प्रधानमन्त्रीलाई ‘क्लिन चिट’, जिम्मेवारीबाट नभागेको ठहर

फिनल्यान्डकी प्रधानमन्त्रीलाई ‘क्लिन चिट’, जिम्मेवारीबाट नभागेको ठहर

  • शनिवार, कार्तिक १९ २०७९

  • 475
    SHARES

  • फिनल्यान्डकी प्रधानमन्त्रीलाई ‘क्लिन चिट’, जिम्मेवारीबाट नभागेको ठहर

    काठमाडौं । ३६ वर्षीया फिनिस प्रधानमन्त्री सन्ना मरिन उनका साथीहरूसँग उन्मुक्त नाचेको भिडियो सार्वजनिक भएपछि गरिएको एक अनुसन्धानले उनलाई ‘क्लिन चिट’ दिएको छ ।

    प्रधानमन्त्री मरिन पार्टीको समय ‘कर्तव्य गर्न पुरा गर्न सक्ने स्थितिमा नरहेको भन्ने’ उजुरीका बीच उनीमाथि अनुसन्धान गरिएको थियो ।

    सन् २०१९ मा विश्वकी सबैभन्दा कान्छी सरकार प्रमुख बनेर विश्वभर चर्चा कमाएकी मरिनको पार्टीको भिडियो बाहिरिएपछि उनी विवादमा तानिएकी थिइन् । मन्त्रीहरूको काम कारबाहीको निरीक्षण गर्ने स्वतन्त्र कार्यायल चान्सलर अफ जस्टिसले पार्टीको समय सन्ना मरिनले उनको जिम्मेवारीलाई बेवास्ता नगरेको निष्कर्ष निकालेको छ ।

    ‘प्रधानमन्त्रीको हर्कतमा कुनै गैरकानुनी आचरण वा जिम्मेवारीबाट विमुख भएको शंका गर्ने ठाउँ छैन,’ चान्सलर अफ जस्टिसका प्रमुख टुमास पोइस्टीले आफ्नो निर्णयमा लेखेका छन् ।

    चान्सलर अफ जस्टिसमा मुख्यतस् ‘मरिनले पार्टीमा देखाएको हर्कत एक प्रधानमन्त्रीको लागि अनुपयुक्त रहेको र उनले फिनल्यान्डको ‘प्रतिष्ठा र सुरक्षा’लाई धक्का दिएको’ भन्ने उजुरी दिएका थिए ।

    पोइस्टीले भने उजुरीकर्ताले प्रधानमन्त्रीले कुन सरकारी कर्तव्य पूरा गर्न असफल भएको वा परेको अवस्थामा कुन काम गर्न गर्न असक्षम हुने थिइन् भनेर स्पष्ट नगरेकाले बताउदै आफूले ‘ठोस परिस्थिति’को मात्र मूल्याङ्कन गर्न सक्ने बताए ।

    विवादमा तानिएको पार्टीमा प्रधानमन्त्री मरिनले ड्रग्स सेवन गरेको हुनसक्ने आशा आएपछि उनले त्यही समय ड्रग्स परिक्षण पनि गरेकी थिइन्, जसको रिजल्ट नेगेटिभ आएको थियो ।


    शनिवार, कार्तिक १९ २०७९०५:१३:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij