काठमाडौं । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र नेकपा (एमाले) दाङ क्षेत्र नम्बर ३ प्रतिनिधि सभा सदस्य उम्मेदवार कोमल वलीलाई स्पष्टीकरण सोधेको छ ।
हाम्रो नेपाली पार्टीका उम्मेदवारले ‘जय लौरा’ नामक फेसबुक पेजबाट लौरो अभियान सञ्चालन गरेको र त्यस अभियानमा प्रमुख बालेन शाहकोसमेत समर्थन रहेको भन्ने जानकारी पाएपछि आयोगले उहाँलाई स्पष्टीकरण सोधेको हो ।
वलीलाई भने विद्यार्थीसँग भोट मागेको विषयलाई लिएर स्पष्टीकरण सोधेको आयोगका सहायक प्रवक्तासमेत रहेका उपन्यायाधिवक्ता गुरुराज वाग्लेले जानकारी दिनुभयो ।